नेप्सेमा ४३.१० अंकको गिरावट -
Comments Add Comment

नेप्सेमा ४३.१० अंकको गिरावट

१६ फागुन, काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ४३.१० अंकले घटेको छ । कारोबार बढेर सुरू भएपनि तीव्र उतार–चढावबीच अन्तिम समयमा ४३ अंकभन्दा बढीले घट्दै परिसूचक २६१० अंकमा झरेको हो । आज नेप्सेमा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको ७८ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । उक्त मूल्य बराबरको सेयर आज ५४ हजार पटक कारोबार भएको हो ।

परिसूचक दोहोरो अंकले घटेको दिन आज सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहमा २९५ अंकको गिरावट आएको छ भने निर्जीवन बीमा समूहमा २६८ अंकको गिरावट आएको छ । यसैगरी, उत्पादनमूलक समूहमा १२९ अंकको तथा जलविद्युत समूहमा १०२ अंकको गिरावट आएको छ ।

बजार उच्च अंकले घटेको दिन नेप्सेमा सामलिङ पावर कम्पनी र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यी दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको हो । यसअघि, मिलिनियम च्यालेन्ज कर्पोरेशन मामिलामा भएको विवादले प्रभावले बजार घट्दै आएको बताइए पनि यसको किनारा लाग्दासमेत बजार घट्ने क्रम नरोकिएको हो ।

खासगरी यतिबेला बजारमा लगानीयोग्य रकम अभाव छ । यसैगरी, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत औद्योगिक लगानी बाहेकको क्षेत्रको ऋण प्रवाहमा कडाइ गर्ने नीति लिएको छ । जसको प्रभावस्वरूप बजार निरन्तर घटिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

नेप्से परिसूचक ओरालो

नेप्सेमा ६४ अंकको पहिरो

नेप्सेमा ७.७३ अंकको गिरावट

यो साता ७१ अंकले घट्यो नेप्से

Advertisment

छुटाउनुभयो कि? सबै

नेप्से परिसूचक ओरालो

नेप्सेमा ६४ अंकको पहिरो

नेप्सेमा ७.७३ अंकको गिरावट

यो साता ७१ अंकले घट्यो नेप्से


This will close in 20 seconds