Comments Add Comment

Advertisment

SKIP THIS

तुलसीपुरमा कुटपिट गरी एक युवकको हत्या

२१ कात्तिक , काठमाडौ । तुलसीपुरमा कुटपिट गरी एक युवकको हत्या भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–४ नयाँ बस्तीका २१ वर्षीय टोपबहादुर पुनलाई युवाहरुको एक समूहले शनिबार राति धारिलो हतियार र लाठी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

कुटपिटबाट कपुरकोट गाउँपालिका–४ सल्यानका १७ वर्षीय शंकर डाँगी गम्भीर घाइते भएका छन् ।

कुटपिटबाट गम्भीर घाइते भएका पुनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएलगतै चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए । घाइते डाँगीलाई उपचारका लागि भारतको लखनउ लगिएको उनले जानकारी दिए ।

आपसी रिसइबीका कारण स्थानीय युवाहरुले राति मादक पदार्थ सेवन गरी घर नजिकैको जंगलमा लगि आक्रमण गरेको उनले बताए । मृतक पुन तुलसीपुर–४ स्थित दिपज्योति आधारभूत विद्यालय घोरनेटीका प्रधानाध्यापक भूपबहादुर केसीलाई कुटपिट गरेको आरोपमा पक्राउ परी केहीदिन अघि मात्रै धरौटीमा छुटेका थिए ।

आक्रमण गर्ने युवाहरुको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको डिएसपी अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

युवकको हत्या

Advertisment

छुटाउनुभयो कि? सबै

युवकको हत्या