कहाँ अड्कियो गण्डकीको लाइफलाइन ? -
Comments Add Comment

कहाँ अड्कियो गण्डकीको लाइफलाइन ?

२१ कात्तिक , काठमाडौ । प्रदेशको सीमांकन गर्ने बेलामा उत्तर दक्षिण जोड्ने गरी नवलपुरलाई गण्डकीमा मिसाइयो । साविकको नवलपरासी जिल्लालाई टुक्रयाएर आधा जिल्ला गण्डकी र बाँकी आधा लुम्बिनीमा मिसाइएको हो । भूगोलका हिसावले गण्डकी नेपालका छिमेकी दुवै देशसँग जोडिएको छ ।

त्यसैले प्रदेश सरकार गठन भएकै बेला त्रिवेणी–कोरला सडकलाई प्रदेशको लाइफलाइनको रूपमा अघि सारियो । प्रदेश गौरवको योजना अन्तर्गत पर्ने यो आयोजनाका विभिन्न खण्ड अन्य सडक आयोजना अन्तर्गत पर्छन् ।

दुलेगौंडादेखि पोखरासम्म पृथ्वी राजमार्ग, पोखरादेखि याम्दीसम्म पोखरा महानगरको सडक छ भने याम्दीदेखि मालढुंगासम्म मध्येपहाडी राजमार्ग पर्छ ।

त्यहाँबाट कोरला कालिगण्डकी कोरिडोर मातहत छ । कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी९जोमसोम९कोरला सडक आयोजनामध्ये छ वटा खण्डको काम सकिएको छ ।

१० वटा प्याकेजमा ठेक्का लगाइएकोमा बेनी९जोमसोम र चराङदेखि छोसेरसम्मको सडक स्तरोन्नति बाँकी छ । २५ किलोमिटर दूरीको यो खण्ड तामाङ–गौरी पार्वती–सप्तकोसी जेभीले ठेक्का लिएको हो ।

भेनादेखि घिलिङ, कागबेनीदेखि ताङवे, ताङ्वेदेखि चैले, चैलेदेखि चराङ र छोसेरदेखि कोरला खण्डको सडक स्तरोन्नति भइसकेको आयोजनाले जनाएको छ । जोमसोमदेखि कागबेनीसम्मको खण्डमा कालोपत्रे गरिँदै छ । यो खण्ड २५ किलोमिटरको छ । ग्राभेल सकेर कालोपत्रे गर्न लागिएको हो । बेनीदेखि कोरलासम्म १८६ किलोमिटर सडक छ । त्यसमध्ये जोमसोम कोरला ११० किलोमिटर छ भने बेनीदेखि जोमसोमसम्म ७६ किलोमिटर छ ।

बेनी९जोमसोम खण्ड भने चार प्याकेजमा काम भइरहेको छ । म्याग्दीको गलेश्वरदेखि नारच्याङ पुलसम्म र राहुघाटदेखि बेगखोलासम्म कालोपत्रे गर्न थालिएको छ । यो दुईवटा खण्ड २५ किलोमिटरको छ ।

कैकुखोलादेखि खन्तीसम्मको सडकमा कालोपत्रेको काम सकिन लागेको छ । यो करिब १७ किलोमिटर लामो छ ।

सबैभन्दा जोखिमपूर्ण र काम गर्न सकस परेको नारच्याङदेखि कैकुखोला अन्तर्गत काभ्रे, बादरजुङ, घोप्टेभीर लगायत क्षेत्रमा समस्या परेको छ । कडा चट्टान र लेदो माटो भएकोले काम गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ । कोवाङ–जोमसोम १८ किलोमिटर सडकसमेत कालोपत्रेको प्रक्रियामा छ । यता बेनीदेखि मालढुंगा सडकमा भने फराकिलो बनाउनै बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै