Comments Add Comment

Advertisment

SKIP THIS

बारको आन्दोलनविरूद्ध उत्रिएका तीन महिला पक्राउ

२३ कात्तिक , काठमाडौ । नेपाल बार एशोसिएनको आन्दोलनविरूद्ध विरोधमा उत्रिएका तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै बार परिषरमा अधिवक्ताहरूको विरोध भइरहँदा सो कदमको विरोध तथा प्रधान्यायाधीश चोलेन्द्र शम्शेरको पक्षमा उत्रिएका तारा बरालसहित तीन महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले आफूलाई अभियान्ता भएको बताएका छन् ।

बिदेशीको पैसा खाएर न्यायालयविरूद्ध उत्रिएको भन्दै उनीहरू बार कार्यालयमा तालाबन्दी गर्न अघि बढेपछि प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै