Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी सुशीलकुमार यादव मृत फेला

९ पुष , काठमाडौ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीको संघीय इकाई कार्यालय भैरहवा प्रमुख एसएसपी यादव शुक्रबार क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

‘उहाँ मृत अवस्थामा फेला परेको हो । अरु थप आएको छैन । घटना सत्य हो,’ केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले भने ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भने घटना शंकास्पद भएकाले अनुसन्धान थालिएको जनाएको छ । घटना स्थलमा प्रहरीको अनुसन्धान टोली पुगिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै