Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरमा आजदेखि तीनदिन राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने

६ फागुन, काठमाण्डौं । भक्तपुरमा आजदेखि तीन दिनसम्म विभिनन् कार्यक्रम गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा फागुन ६, ७ र ८ गते सिर्जनात्मक एवं रचनात्मक विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए ।

सोही अवसरमा आइतबार भक्तपुरमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । बिहीबार बसेको प्रजातन्त्र दिवस जिल्लास्तरीय समितिको बैठकले बृहत् रक्तदान आयोजना गर्ने निर्णय गरेको हो । सोही अवसरमा आजदेखि तीन दिन घर–घरमा दीपावली गरिने, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका कार्यालयमा राष्ट्रिय झण्डा फहराई साँझ दीपावली गर्ने, कार्यालय परिसरमा सरसफाइ गर्ने, रक्तदान तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए ।

जिल्लास्थित विभिनन् सञ्चारमाध्यममा प्रजातन्त्र दिवससम्बन्धी सन्देश, सूचना, अन्तक्र्रिया, छलफल तथा बहस कार्यक्रम प्रकाशन तथा प्रसारण गरिने भएको प्रजिअ शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment