रौतहटमा ४ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ -
Comments Add Comment

रौतहटमा ४ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ

रौतहट- रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो ग्राम लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।

गाँजासहित पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका- १ हरैया टोलका ३५ वर्षीय हबीब अन्सारी रहेका रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन् ।

बिशेष सूचनाको आधारमा गुजरा- ४ लाल बकैया नदीको बाँधमा आइबार दिउँसो जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हरिनगरको संयुक टोलीले चेकजाँचको क्रममा पैदल यात्री अन्सारीको झोलाबाट ४ किलोग्राम लागुऔषध गाँजा बरामद भएको एसपी श्रेष्ठले जानकारी दिएका छन् ।

पक्राउ परेका अन्सारी गाँजासहित इलाका प्रहरी कार्यालय लक्ष्मिनियाँ विजयपुरको हिरासतमा रहेका र कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्याय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै