Comments Add Comment

Advertisment

SKIP THIS

६ वर्षपछि बलिउडमा कमब्याक गर्दै मल्लिका

२३ कात्तिक , काठमाडौ । मल्लिका शेरावतले ६ वर्षपछि बलिउडमा कमब्याक गर्ने भएकी छन् ।

उनी हरर थ्रिलर नागमतीमा एक राजकुमारीको रुपमा नजर आउनेछिन् । सो चलचित्रमा उनले आफ्नो राज्यलाई एक सर्पको अभिशापबाट जोगाउने प्रयास गर्ने कोशिस गर्ने बताइएको छ ।

तमिल चलचित्र निर्देशक वीसी वादिवुदयानले बलिउडमा डेब्यू गर्ने यो फिल्मको काम सोमबारबाट कर्जतमा शुरु भएको छ । योसँगै सन् २०१५ मा डर्टी पोलिटिक्सपछि वेब शोमा काम गरिरहेकी मल्लिका पहिलोपटक बलिउडको सेटमा फर्किएकी छन् । यस चलचित्रमा उनी दुई फरक–फरक रुपमा देखिने बताइएको छ ।

यो चलचित्रमा तीन युग – १९००, १९४७ र १९७० मा घटिएको घटना देखाइने छ । मूलरुपमा हिन्दी भाषामा सुट गरिने यो चलचित्रलाई तमिल, तेलुगु, कन्नड र मलयालममा डब गरिनेछ । कर्जत र मुम्बई लेगपछि राजस्थान र दक्षिण अफ्रिकामा चलचित्रको छायाँकन गरिनेछ । यही चलचित्रका लागि भनेर मल्लिकाले महामारीका दौरान घोडाको सवारीर तलवारबाजीको प्रशिक्षण लिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै