
२४ कात्तिक , काठमाडो । १२२ किलो लागुऔषध गाँजा सहित प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले १ जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर राक्सिराङ गाउ पालिका वडा नं. २ बस्ने बर्ष ४२ को नर बहादुर मुक्तानलाई सोधपुछ गर्दा शंकास्पद सामानको सुरक्षा गरिरहेको अवस्थामा निजलाई पक्राउ गरेको हो ।
उक्त सामान चेकजाँच गर्दा लागुऔषध गाँजा १२२ किलो फेला परेको हुँदा निज नर बहादुर मुक्तानलाई उक्त गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी जिल्ला मकवानपुरले न्युज24ग्यालेक्सीलाई जानकारी दिएका छन् । थप रिर्पोट आउन बाकी



