Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी जीवन सार्वजनिक जीवन हो : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

२४ कात्तिक , काठमाडो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी जीवन सार्वजनिक जीवन हो भन्दै आफ्नो आचरण र व्यवहारमा अझै सुधार ल्याउन, नम्र भाषा प्रयोग गर्न र खुसी साथ विना भेदभाव नागरिकलाई समान एवं प्रविधिमैत्री सेवा प्रदान गर्न उनले निर्देशन दिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहत कार्यालयका कार्यालय प्रमुख तथा कार्यरत प्रहरी अधिकृत एवं जवानहरुलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सोमबार निर्देशन दिंदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा नाकामा हुने अपराध, लागूऔषधको अवैध कारोबार लगायतका अपराध निर्मूल गर्नका लागि प्रहरी कर्मचारीहरुले विशेष प्राथमिकताका साथ आवश्यक कार्ययोजना तर्जुमा गरी काम गर्नुपर्ने बताएका छन् । महिला, बालबालिका र जेष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखी सेवा दिन उनले आग्रह समेत गरे ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुले अपराध नियन्त्रण तथा सफल अनुसन्धान, तस्करी तथा सीमा अपराध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण लगायत जनसरोकारका कार्य सञ्चालनको क्रममा स्थानीय प्रशासन, सरकारी वकिलको कार्यालय, अन्य सुरक्षा निकायहरु, स्थानीय तह लगायत सरोकारवाला निकायहरुसँग समन्वय राखी काम गर्नुपर्ने बताए ।

आन्तरिक मनोबल उच्च राख्न हरेक प्रहरी कार्यालयले प्रहरी नियमावलीमा भएका व्यवस्था लागू गर्न र आफ्ना परिवारलाई पनि महत्व दिनेतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै