बागमती प्रदेशको सभामुखका लागि कांग्रेसले उम्मेदवारी दिने -
Comments Add Comment

बागमती प्रदेशको सभामुखका लागि कांग्रेसले उम्मेदवारी दिने

२८ पुष , काठमाडौं । वागमती प्रदेशको सभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवन पाठक र नेपाली कांग्रेसका शिवराज अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । बागमती प्रदेशको सभामुखका लागि पुस २९ गते निर्वाचन हुने भएकाे छ ।

सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य एवं राप्रपाका केन्द्रीय महामन्त्री भुवन पाठकले उम्मेदवारी दिने भएका छन् भने नेपाली कांग्रेसको तर्फबाट धादिङका शिवराज अधिकारी उम्मेदवार बन्ने भएका छन् । सभामुखका लागि आजै मनोनयन हुने भएको छ ।

सात दलीय गठबन्धनको सहमतिअनुसार वागमतीको सभामुख राप्रपालाई छाडिएको छ । राप्रपाले महामन्त्री पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको वागमती प्रदेश संसदीय दलका नेता तथा मन्त्री उद्धव थापाले बताए ।

यस्तै, नेपाली कांग्रेसले पनि बिहीबार बिहानमात्र समानुपातिक सांसद अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रदेश संसदीय दलका बुधबार नेता बहादुरसिंह लामाले कांग्रेसलाई सभामुख दिएमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएका थिए । बागमती प्रदेशमा मख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिँदैछन् ।

पाठकलाई एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकिकृत समाजवादीको ७ तथा हाम्रो नेपाली पार्टीको २ गरी ७० जना सांसदहरुको साथ रहेको छ भने अधिकारीलाई ३७ जना सभासदको साथ रहेको छ । नेपाल मजदुर किसान पार्टीले कसलाई सहयोग गर्नेबारे अहिलेसम्म निर्णय गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds