Comments Add Comment

भिलेनबाट हिरो भए मिचेल मार्श

२९ कात्तिक , काठमाडौ । अस्ट्रेलियाले मिचेल मार्शको शानदार पारिको मद्दतले आईसीसी टी २० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

आइतबार राति भएको खेलमा मार्शले ५० बलमा ७७ रनको नटआउट पारि खेल्दै १७३ रनको लक्ष्य पुरा गरेका थिए ।

उपाधि जितेपछि कप्तान एरोन फिन्चले मार्शको विषयमा मुख खोलेका छन् । उनले भने ‘मार्शले अनावश्यक आलोचनाको सामना गरे त्यसका बाबजुत पनि हार नमानेर टिमलाई जिताए ।’

फिन्चले लामो समय आलोचना खेपे पनि उनको प्रदर्शन सधैं राम्रो रहेको भन्दै मार्शको बचाउ पनि गरे ।
मार्शले कुनै समय चोटका कारण र प्रदर्शन खराब भएका बेला अस्ट्रेलियाका धेरै मान्छेलाई आफूलाई नफरत गर्ने गरेको बताउने गर्थे ।

३० बर्षियक मार्श आफ्नो करियरमा चोटका कारण धेरै पटक दुःख पाएका छन् । पछिल्लो बर्ष पनि घाइते भएका थिए । एक दशकदेखि अस्ट्रेलिया टिममा रहेका मार्शको नाममा एशेजमा २ शतक र एक दिवसीयमा एक शतकबाहेक अरु उपलब्धि छैन उनीसँग ।

अहिले पनि टी २० विश्वकपमा तेस्रो नम्बरको ब्याटिङ अर्डरमा आफूलाई अब्बल सावित गरेका छन् । फिन्चले मार्शलाई तेस्रो नम्बरमा ब्याटिङ गर्नका लागि वेस्टइन्डिज सिरिजबाट शुरु गराएका हुन् ।

जसका कारण पूर्व कप्तान स्टीव स्मिथ चौथो स्थानमा झर्नु परेको थियो । तर यस विषयमा पनि फिन्चले टिमले नै सल्लाह गरेर मार्शलाई तेस्रो र स्मिथलाई चौथो स्थानमा पठाएको बताए । मार्शले फास्ट बलको सामना उत्कृष्ट तरिकाले गर्ने गरेको पनि उनको भनाई थियो । मार्शको पछिल्लो कमब्याकलाई फिन्चले अविश्वसनीय भन्दै तारिफ पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै