Comments Add Comment

Advertisment

SKIP THIS

दाङ ट्राफिक प्रमुख परियार चालक र सहचालकलाई ट्राफिक नियम सिकाउदै

१८ जेठ , काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी साधन दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले बसका चालक, सहचालक र यात्रुहरुलाई प्रशिक्षण कार्यक्रम अभियान चलाएको छ । सडकमा गाडीहरु रोकेर आबस्यक कागजपत्र जाँच गर्ने प्रायः प्रहरीले बस भित्रै गएर यात्रुहरुलाई ट्राफिक नियमको बारेमा जानकारी गराउने गरेको छ्न ।

चालक र सहचालक यात्रुहरुलाई समेत ट्राफिक नियमको बारेमा कडाईका साथ पालना गर्न आग्रह गरेको छ । यात्रुहरुलाई प्रहरीले नियम उल्लंघन गर्ने चालकहरुका बिरुद्ध ट्राफिक प्रहरीमा जानकारी गराउन समेत अनुरोध गरेको छ । दाङबाट छुट्ने रात्री बसका चालकहरूलाई तिब्र गतिमा सवारी नचलाउन, थकान तथा तनावको बेलामा सवारी नचलाउन, गलत तरिकाले ओभर टेक नगर्न अनुरोध गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै