काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्यसहित चार जना ठगी मुद्दामा कारागार चलान भएका छन्।
लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत विभिन्न किसिमबाट धम्क्याइ नाउँमा फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको आधारमा उनीहरु पक्राउ परेका थिए।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईड बैदाम बस्ने वर्ष ४१ का विकास पहारी, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईड बस्ने वर्ष २२ को प्रवीन विश्वकर्मा, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०६ लेकसाईड बस्ने वर्ष २४ को अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल र जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ खहरे बस्ने वडा सदस्य वर्ष ४२ को दीपेन्द्र पहारी पक्राउ परेका थिए।
पक्राउ परेकाहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान गरी सम्मानित कास्की जिल्ला अदालतमा मुद्दा पेस हुँदा उनीहरुलाई अदालतको आदेशबाट पुर्पक्षको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।


