Comments Add Comment

Advertisment

SKIP THIS

गौर नगरपालिकामा अख्तियारको छापा

७ मंसिर , काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटको सदरमुकाम गौर नगरपालिका छानबिन गरेको छ ।

आयोगको टोलीले गौर नगरपालिकाको केही आवश्यक कागजातहरू चेकजाँच गरेको हो । गौर नगरपालिकाका योजनाहरूमा व्यापक अनियमितता भएको उजुरी को आधारमा अख्तियार दुरुपयोग आयोग बर्दिबासको टोलीले झण्डै एक घण्टासम्म नगरपालिकामा फाइलहरू जाँच गरेको थियो ।

गौर २ को शिवालय मन्दिर निर्माण र गौर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक हिनामिना लगायतका विषयमा आयोगमा परेको उजुरीको अनुसन्धानका लागि बर्दिबासको टोली गौर पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment