Comments Add Comment

Advertisment

SKIP THIS

चन्द्रागिरी नगरपालिकाको जग्गा प्लटिङ फण्डा : वडाध्यक्ष नै जग्गा दलाली र लेखापढी व्यवसायी

८ मंसिर, काठमाडौ । अवैध जग्गा प्लटिङ भएको भन्दै अत्यन्तै विवादास्पद बन्दै आएको चन्द्रागिरी नगरपालिका यतिबेला राज्यको नियम मिच्ने स्थानिय निकायको रुपमा चित्रित बन्न पुगेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणबाट स्वीकृत लिएर मात्र जग्गा प्लटिङ गर्न पर्ने कानुनी व्यवस्थालाई चन्द्रागिरीका जग्गा दलालीहरुले धोती लगाईदिएका छन् भने अवैध प्लटिङ धन्दा गर्नेहरुलाई वडाध्यक्षहरुले मोटो रकम घुस लिएर प्रश्रय दिँदै आएको खुलासा भएको छ ।

चन्द्रागिरी नगरपालिकाको जुनजुन ठाउँमा प्लटिङ भएको छ सोही सोही ठाउँका वडाध्यक्षहरु कोही जग्गाको दलाली छन्, भने कोही कलंकी मालपोत कार्यालयको गेटमा लेखापढी गर्ने बिचौलिया भएपछि प्लटिङ गर्नेहरुलाई सुवर्ण अवसर नै जुरेको छ । यतिवेला वडाध्यक्षदेखि मालपोत र नापीसम्मको मिलेमतोमा रातारात चन्द्रागिरीमा अवैध प्लटिङ धन्दा मौलाएको छ ।

प्राप्त समाचार अनुसार चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोक यतिबेला दर्जनभन्दा बढी अवैध प्लटिङ भएको स्थानको रुपमा चिनिएको छ र सोही वडाका वडाध्यक्ष नै लेखापढी व्यवसायी भएपछि उनको धन्दा पनि मौलाएको बताइएको छ । सो वडाका ‘वडाध्यक्ष राजेन्द्र केसी लामो समयदेखि कलंकी मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्ने अधिवक्ता हुन्, उनकै योजनामा अहिले प्लटिङ जहाँ–जहाँ हुन्छ, त्यहि–त्यहि सडक पनि ढलान गरिन्छ, र प्लटिङ गर्ने उनको समूह यतिबेला मौलाएका छन्’ – यहि भन्छन् स्थानीय दहचोकबासीहरु ।

प्लटिङ गर्न प्राधिकरणबाट स्वीकृत लिनुपर्ने कानुनी प्रावधानलाई यतिबेला वडाध्यक्ष केसीको समूहले लत्याएका छन् । वडाबाट वडाध्यक्ष केसीले सिफारिस दिनेदेखि नापी र मालपोतमा समेत सेटिङ मिलाइदिएर अवैध रकम कमाउन यतिबेला उनी तल्लिन रहेको स्थानीयले तीव्रखबर प्रतिनीधिलाई खुलासा गरेका छन् ।

यसै विषयमा वडाध्यक्ष केसीलाई प्रतिकृयाको लागि सम्पर्क गर्दा उनी भन्छन् – ‘कानुन के छ मलाई थाहा छैन्, मैले व्यवहार फुकाईदिन मात्र सिफारिस दिएको हुँ ।’ केसीलाई कानुन थाहा नभएको विषय स्थानीयबासीहरु सामु कुरा उठाउँदा उनीहरु हास्दै भन्छन् –’आफै अधिवक्ता केसी कानुन नजान्ने भन्नु हास्यास्पद तर्क हो नी ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै