Comments Add Comment

महिला टी २० विश्वकप छनोट : कुवेतमाथि सहज जित हात पार्दै नेपाल शीर्ष स्थानमा

९ मंसिर, काठमाडौ । युएईमा भईरहेको आईसीसी महिला टी-३० विश्वकप एसिया छनोटमा नेपालले बिहीबार कुवेतलाई ९ विकेटले सहजै पराजित गरेको छ ।

छनोटमा लगातार दोस्रो जित हात पारेको नेपाल युएईलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ। पहिलो खेलमा हङकङसँग पराजित नेपालले त्यसपछि भुटानलाई हराएको थियो।

लगातार दुई जितपछि नेपालले शीर्ष स्थानमा रहँदै ग्लोबल क्वालिफायर पुग्ने सम्भावना कायम राखेको छ । दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले ३।३ ओभरमा खेल्दै १ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन बनाए । दुवै अविजित रहे । ओपनर सीता राना मगर शुन्यमा आउट भइन् ।

कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५.४ ओभरमा सबै विकेट गुमाएर २७ रन बनाएको थियो। कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुवेतलाई अलआउट गर्न नेपालकी संगिता राईले ३ विकेट लिइन् ।

यस्तै कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले २-२ तथा सरस्वती कुमारी चौधरीले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै