Comments Add Comment

Advertisment

SKIP THIS

छोरी जन्माएर कतार गएकी नुवाकोटकी चेली कहिल्यै नफर्किने गरी अस्ताईन

९ मंसिर काठमाडौ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत सडक दुर्घटनामा निधन भएकी नुवाकोटकी सविता रुम्बा तामाङको शव नेपाल ल्याईएको छ ।

नेपाल तामाङ घेदुङ प्रवास कार्य समिति कतार र नेपालबाट वैदेशिक रोजगार उद्धार नेपालको पहलमा नेपाली राजदूतावास दोहा कतारको समन्वयमा मृतक तामाङको शब नेपाल पठाउन सफल भएको घेदुङ कतारका अध्यक्ष इन्द्रबहादुर तामाङले जानकारी दिनुभयो । अध्यक्ष तामाङले मृतक शव नेपाल पठाउन सहयोग गर्नु हुने सम्पूर्णमा आभार व्यक्त गर्नुभएको छ।

मृतक तामाङको शव बुधबार बिहान १२:४५ बजेको कतार एयरलाइन्सको उडानमा मार्फत नेपाल पठाएर परिवार तथा आफन्तको उपस्थितिमा काठमाडौं स्थित पावन तिर्थस्थल स्वयम्भूमा बुधबार दिउसोको ३:०० बजे बौद्ध विधि अनुसार अन्तेस्टी गरिएको घेदुङ कतारका निबर्तमान अध्यक्ष तथा वैदेशिक रोजगार उद्धार नेपालको कतार प्रतिनिधि एक्का प्रसाद तामाङ योगेन्द्रले बताए।

तिहार लगतै घर बिदा सकाएर कतार गएकी ऊनी काठको बाकसमा फिर्ता आउछ भनेर कसले सोचेको थियो होला उनीकि दिदि सावित्री तामाङले भाबुक हुँदै न्यूज२४ग्यलेस्सीमा बताईन। नुवाकोटको साविक ओखरपौवा – ६, हालको ककनी गाउँपालिका-२, निवासी सविता रुम्बा तामाङको १२ नोभेम्बर २०२१ शुक्रबारका दिन कतारमा सडक दुर्घटनामा परि निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै