टेकु प्रहरीले काठमाडौंको कपनबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ -
Comments Add Comment

टेकु प्रहरीले काठमाडौंको कपनबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ

काठमाडौं, काठमाडौंको कपन सरस्वतीनगरबाट एक व्यक्ति कटुवा पेस्तोलसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं। ९ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं। ६ सरस्वतीनगर बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बु छन् ।
पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरुको खोजतालस गर्ने क्रममा शंकास्पद गतिविधिहरु गरेको सूचनाको आधारमा उनको घरमा प्रहरीले खानतलासी गरेको थियो ।

सोही क्रममा लिम्बुको घरबाट कटुवा पेस्तोल एक थान, धारिलो चक्कु एकथान, फलामको हम्बर एक थान र मोबाइल दुई थानसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै