Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको घाम चितवन तिर

१० मंसिर , काठमाडौ । चिसो बढेसँगै काठमाडौंको आकाश धमिलो भएको छ। तुँवालो र धूलोका कारण शुक्रबार काठमाडौंको आकाशमा घाम देखिन सकेको छैन ।

सामान्यतया जमिनको सतहबाट उड्ने धूलोधुँवाका कण माथिल्लो तहमा पुगेपछि हावाको बहावसँगै यताउति फैलिनुपर्छ। तर चिसोमा यस्तो हुन पाउँदैन। त्यसैले जाडो याममा धूलोधुवाँका कणले बाक्लो हावा छिचोल्न सक्दैन र फेरि वायुमण्डलतिरै फैलिन्छ। यसले गर्मीमा भन्दा जाडोमा प्रदूषण बढ्छ।

काठमाडौं उपत्यकाको भौगोलिक संरचनाले प्रदूषण जोखिम बढाउँछ।

विज्ञहरूका अनुसार उपत्यका कचौरा आकारको छ। यहाँबाट निस्कने धूलोधुवाँ त्यसै त बाहिर जान गाह्रो छ, जाडोमा त झन् टम्म टालिएझैं हुन्छ। कचौरामा धुवाँ भरेर माथिबाट छोपिदिएपछि के हुन्छ? हो, यहाँको धूलोधुवाँ पनि यसैगरी गुम्सिएर बस्छ।

काठमाडौंमा यति प्रदूषण बढ्नु पनि यहाँको भूगोलका कारण जोखिमपूर्ण हुने विज्ञ बताउँछन्।

हामीले ‘खाल्डो’ भन्ने उपत्यका वरिपरि अग्ला पहाड छन्। बाहिरबाट आउने हावा यिनै पहाडले छेक्छन्। काठमाडौंमा हावा छिर्ने तीन बाटा मात्र छन्– चोभार हुँदै बागमतीले बनाएको गल्छी, चन्द्रागिरि र नागार्जुनबीचको थानकोट/भीमढुंगा भञ्झ्याङ र नागार्जुन–ककनी बीचको मुड्कु/तीन पिप्ले भञ्ज्याङ।

दक्षिणी हावा बागमती गल्छी भएर आउँछ भने पश्चिमी हावा थानकोट/भीमढुंगा भएर। यी दुई प्रणाली नै काठमाडौंमा सक्रिय हुन्छन्। उपत्यकाको हावामा तैरिएको धूलोधुवाँ उडाउने काम यिनै दुई प्रणालीको हो। यी दुई मार्गबाट बिहान साढे ११ बजेपछि मात्र हावा प्रवेश गर्छ।

जबकि, प्रदूषण बढाउने सवारीको प्रवेश बिहानैबाट हुन्छ। दिनभरि गुम्सिएको धूलोधुवाँ काठमाडौंले दैनिक ७५ प्रतिशत मात्र फ्याँक्न सक्छ, २५ प्रतिशत यहीँ बस्छ। यसरी प्रत्येक दिन थुप्रँदै जाने धूलोधुवाँ नै प्रदूषण बढाउने कारण हो।

यति मात्र होइन, साँझ हावाको गति ढिलो भएपछि प्रदूषण बाहिर जाँदैन, धूलोधुवाँ हावामै तैरिएर बस्छ। यही तैरिएका कण जाडोमा झनै बाक्लिन्छ र प्रदूषण बढ्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

चितवनमा ४० प्रतिशत मत खस्यो

Advertisment

छुटाउनुभयो कि? सबै

चितवनमा ४० प्रतिशत मत खस्यो