१२ मंसिर काठमाडौं । काठमाडौंको टेकुस्थित बागमती नदिमा महिलाको शव भेटिएको छ ।

टेकुस्थित कालोपुल नजिकै बागमतीमा गाडीएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी बृत कालिमाटीका डिएसपी अनिल घिमिरेले न्युज२४ग्यालेस्सी लाई बताए ।

सुकुम्बासी बस्ती नजिक फेला परेको शवको पहिचान खुल्न सकेको छैन् । सो शव करिब ४० वर्षकी महिलाको भएको बताइएको छ । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।
प्रहरीले शवको पहिचान खुलाउने प्रयास गरिरहेको छ ।




