Comments Add Comment

Advertisment

SKIP THIS

आफ्नो देशलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा नदिने : रूस

२२ चैत , काठमाडौं । रूसले आफ्नो देशलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा नदिने आदेशपत्रमा हस्ताक्षर गरेको छ।

रुसले मस्कोका नजरमा ‘मैत्रीपूर्ण’ ठहर नभएका मुलुकका नागरिकलाई भिसा जारी नगर्ने आदेशपत्रमा सोमबार हस्ताक्षर गरेको हो।

रुस र युक्रेनबीच युद्ध सुरु भएपछि रुसमाथि अमेरिका, क्यानाडा र बेलायतलगायत युरोपेली मुलुकले आर्थिक प्रतिबन्ध लगाएका छन्। यो कदमप्रति रुष्ट रुसले यस्तो कदम चालेको हो।

समेबार जारी भएको आदेशपत्र अनुसार रूसले नर्वे, स्वीट्जरल्याण्ड, डेनमार्क र आइसल्यान्डलगायत केही युरोपेली राष्ट्रका नागरिकलाई भिसा जारी नगर्ने भएको छ।

रुसले जारी गरेको आदेशपत्रले रूसी विदेश मन्त्रालयलाई रूसविरुद्ध शत्रुतापूर्ण व्यवहार गर्ने विदेशी व्यक्ति विशेष तथा त्यस्ता मुलुकका कानुनी निकायलाई रूस प्रवेश गर्नबाट रोक्न निर्देशन दिएको हो। यो खबर रोयर्टसमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै