१४ कार्तिक , काठमाडौँ । यसवर्ष साउनयता डेङ्गु संक्रमितको संख्या ४६ हजार ४१३ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ४६ हजार ४१३ र मृतकको संख्या ५३ पुगेको हो ।
सबैभन्दा धेरै काठमाडौँमा १३ हजार ४४४ जनामा संक्रमण देखिएको छ भने भक्तपुरमा ३ हजार ९६७ र ललितपुरमा ९ हजार २९५ जना संक्रमित भएका छन् ।


