Comments Add Comment

Advertisment

SKIP THIS

उषालाई दुवै हातमा लड्डू !

१९ पुष , काठमाडौ । कुनै बेला फिल्म र रंगमञ्चमा सक्रिय रहेकी अभिनेत्री उषा रजक विवाह बन्धनमा बाँधिएपछि श्रीमानको साथमा कीर्गिस्थान उडेकी थिइन् । नेपालमा रहँदा ‘इकु’, ‘कुसुमे रुमाल २’, ‘कथा’ लगायतका फिल्ममा अभिनय गरेकी उनको कीर्गिस्थान पलायन भएपछि अभिनयबाट दूरी बढ्यो । २०१८ मा फिल्म ‘कठपुतली’ बाट अफर आएपछि भने उनी कीर्गिस्थान छाडेर नेपाल आएकी थिइन् ।

अब उनी अभिनय छाडेर सदाका लागि कीर्गिस्थान जाने सोचमा छैनन् । कलाकारहरु आर्थिक रुपमा पनि सबल हुन सक्ने अवस्था आएकाले अभिनयलाई निरन्तरता दिने उनको योजना छ । जुन फिल्मका लागि उनी कीर्गिस्थान छाडेर नेपाल आएकी थिइन्, त्यहीँ फिल्मले उनलाई सफलताको सुःख दिएको छ । शुक्रवारबाट प्रदर्शनरत ‘कठपुतली’ मा उनको अभिनयको प्रशंसा भइरहेको छ ।

समीक्षकहरुले उनको कमब्याकलाई सार्थक भनेका छन् । उनको नेवारी टोन, डाइलग डेलिभरी र एक्सप्रेसनले दर्शकलाई बाँधेर राख्छ । उनी फिल्मको मेरुदण्ड हुन् भन्दा पनि फरक पर्दैन । रिलिजपूर्व प्रचार(प्रचारमा राम्रो दौडिएकी उनी शुक्रवार र शनिवार फिल्मले हाउसफुलको व्यापार गरेपछि उत्साहित देखिएकी छन् । आफ्नो अभिनयको प्रशंसाले उनलाई थप खुसी तुल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै