Comments Add Comment

Advertisment

SKIP THIS

करणको फिल्ममा शाहरुख पक्का, काजोलले के गर्लिन् ?

२८ वैशाख, काठमाडौं । बलिउडमा निर्देशक तथा निर्माता करण जोहरसँग शाहरुख खान र काजोलको सम्बन्धको बारेमा बताइरहनु पर्दैन ।

‘कुछ कुछ’ होता है’ मार्फत बलिउडमा स्थापित नै भएका करण, शाहरुख र काजोलले एकसाथ फिल्महरूमा काम गरेका छन् । शाहरुख र काजोलको जोडीलाई दर्शकले अत्यधिक रुचाएका छन् । यो जोडीले अन्तिम पटक फिल्म ‘दिलवाले’ मा स्क्रीन सेयर गरेको थियो ।

‘दिलवाले’ फ्लप भएपछि यो जोडीसँगै देखिएको छैन । यद्यपि यो जोडीलाई करणको आउँदो फिल्म ‘रकी और पिंकीकी प्रेम कहानी’ मा देख्न सकिने छ । करणले आफ्नो प्राय फिल्ममा काजोललाई केमियो गराउँदै आएका छन् । करण निर्देशित ‘ए दिल है मुस्किल’ मा भने शाहरुखले केमियो गरेका थिए । त्यस समयमा करणको फिल्मसँग अजय देवगण निर्देशित फिल्म ‘शिवाय’ सँगै प्रदर्शनमा आएको थियो ।

काजोलसँगै करणले आफ्ना फिल्महरुमा शाहरुखलाई पनि केमियो गराउँदैछन् । करण यी दुईलाई आफ्नो ‘लक’ मान्दछन् । यद्यपि त्यसबेलाको तिक्तता दुईबाट नै हटिसकेको छ । यसैले गर्दा करणको फिल्ममा काजोलसँगै यसपटक शाहरुखको समेत केमियो रहने छ । यो जोडीलाई फिल्ममा करणले कैद गर्दैछन् । फिल्मको लागि शाहरुखले समय दिइसकेका छन् । यद्यपि काजोलले भने डेट दिएकी छैनन् । तर, करणसँग काजोलको सम्बन्ध खास भएकाले पनि उनले फिल्ममा केमियो गर्नेमा डाउट छैन ।

मुम्बईमा सुट हुने सिनको बारेमा अन्य जानकारी दिइएको छैन । करण आफ्नो अन्य फिल्म झैँ यसमा पनि सरप्राइज होस् भन्ने चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै