Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन आज विहानै देखि नगरपालिका भित्र सञ्चालीत योजनाहरुको अनुगमनमा

१२ असार , काठमाडौ ।  तारकेश्वर नगरपालिका प्रमुख कृष्ण हरि महर्जन आज विहानै देखि नगरपालिका भित्र सञ्चालीत योजनाहरुको अनुगमनमा निस्कनु भएको छ ।

आर्थिक बर्ष सक्कीन लाग्दै गर्दा तारकेश्वर नगरपालिकाका ११ वटै वडाहरुमा विकास, निर्माण लगायतका विभिन्न योजनाहरुको कामहरु धमाधम भइरहेको छ । नगरपालिकासंगको सम्झौता अनुसार गुणस्तरीय काम गराउनका लागि नगरप्रमुख विहानै देखि अनुगमनमा निस्कनु भएको हो ।

No description available.

No description available.

यसै क्रममा नगरप्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङ खडगभञ्ज्याङ देखि महादेव खोला जाने सडकको ढलानको अनुगमन गर्नुभयो ।
तारकेश्वर नगरपालिकाको ५० लाखको लागतमा ८४ मिटर सडक ढलानको काम लगभग पुरा हुने अन्तीम चरणमा रहेको छ । वडा नं २ र ७ लाई जोडने यस सडक लामो समय देखि बिबादका कारण अलपत्र अवस्थामा रहेको थियो । सृजनशिल उपभोक्ता समितिका अध्यक्ष राजाराम केसीले दुईवटा वडा जोडने सडक भएकाले दुवै वडाहरुले स्वामित्व लिन नखोज्दा स्थानीयबासीहरुले समस्या खेप्दै आएको बताउनुभयो । केसीले भन्नुभयो “नगरप्रमुख महर्जन बिजयी भएर आएपछि हामीले यस कुराको जानकारी गराएका थियौं उहाँले प्रतिबद्धता गरे अनुसार ११ औं नगरसभा मार्फत बजेट बिनियोजन गरिदिनुभएको थियो, अव ढलानको काम पनि पुरा हुने अवस्थामा रहेको छ”

No description available.
त्यस्तै नगरप्रमुख महर्जले तारकेश्वर नगरपालिका वडा नं ६ को जरङखु स्थीत अस्टमान टोल भित्र भइरहेको बाटो ढलानको अनुगमन गर्नुभएको छ ।

नगरस्तरीय योजनाको ४० लाखको लागतमा भइरहेको ढलानको कामको नगरप्रमुखले अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, अस्टमान टोल सुधार समितिका अध्यक्ष राजकुमार डंगोल, वडाका प्राविधिक प्रदिप भण्डारी सहितको उपस्थीति रहेको थियो ।

नगर स्तरीय योजना अन्तर्गत ११७ मिटर ढलानको काम सम्पन्न हुने अस्टमान टोल सुधार समितिका अध्यक्ष राजकुमार डंगोलले जानकारी दिनुभयो । स्रोत:सगरमाथा पोष्ट

No description available.

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment