Comments Add Comment

Advertisment

SKIP THIS

बेलायतमा समुदायस्तरमा फैलियो ओमिक्रोन

२१ मंसिर, काठमाडौ । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमा फैलिएको छ ।

एकै दिन ओमिक्रोनका सयौँ बिरामी भेटिन थालेका छन् । संसदलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री सजिद जाभिदले नयाँ भेरियन्ट समुदायस्तरमा फैलिएको बताएका छन् ।

पछिल्लो तथ्या‌कअनुसार बेलायतमा २६१, स्कटल्यान्डमा ७१ र वेल्समा चार जनामा ओमिक्रोनका संक्रमण देखिएको छ । नयाँ भेरियन्टको असर र अहिले प्रचलित खोपले भेरियन्टविरुद्ध काम गर्ने नगर्ने वारेमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् ।

नयाँ भेरियन्ट नेपाललगायत ४३ देशमा फैलिसकेको छ । भेरियन्ट फैलिएसँगै विभिन्न देशहरुले प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment