Comments Add Comment

Advertisment

SKIP THIS

संसद भवन वरपर सुरक्षा ‘हाइ अलर्ट’, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित

१५ फगुन , काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताविरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद भवन वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

पछिल्लो समय एमसीसीविरुद्ध विभिन्न दलहरूले दिनहुँ विरोध प्रदर्शन गर्न थालेपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको हो । उक्त क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यस्तै, संसद भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार समेत लगाएको छ । आज बस्ने संसद बैठकमा एमसीसीबारे छलफल हुने बताइएको छ। यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो ।

गत आइतबारको संसद बैठकमा एमसीसी टेबुल गरिएको थियो । आजको बैठकमा एमसीसी पास गर्ने सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै