पाल्पामा गए राति जिप दुर्घटनामा परी ४ जना घाइते -
Comments Add Comment

पाल्पामा गए राति जिप दुर्घटनामा परी ४ जना घाइते

१३ असोज , काठमाडौ । असोज १३ पाल्पाको रैनादेवी छहरा–४ मा गए राति जिप दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।

बुटवलबाट यात्रु लिएर पाल्पाको जुठा पौवा जाँदै गरेको लु १ ज १४३१ नम्बरको जिप भैरव मावि छहराको निर्माणाधीन भवनमाथि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा डिएसपी वीरेन्द्र थापाले दुर्घटनामा स्थानीय हिरा पुन, कृष्ण बहादुर राई, दीपक पुन, छविलाल रास्कोटी घाइते भएको बताए ।

जिपमा १० जना यात्रु रहेको थिए । घाइतेलाई पाल्पाकै मिसन अस्पताल तानसेनमा उपचारका लागि ल्याएको छ । जिप के कारणले दुर्घटना भयो भन्ने बारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment