चोरीको सामानसहित पाल्पाबाट एक जना पक्राउ -
Comments Add Comment

Advertisment

SKIP THIS

चोरीको सामानसहित पाल्पाबाट एक जना पक्राउ

३ असार , काठमाडौ । जिल्ला प्रहरी कार्यालय पाल्पाले चोरीका सामानसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका-२ पोखराथोकका ४० वर्षीय अर्जुन कोइराला रहेका छन् । प्रहरीले कोइरालालाई असार १ गते बगनासकाली २ पोखराथोकबाट बा।प्र। ०२-०४३ प २५६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो ।

उनको साथबाट सुनजस्तो देखिने चार थान गरगहना, मोटरसाइकल, तीन थान मोबाइल, चाँदीको एक थान औठी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कोइरालाको साथबाट ११ वटा एनसेल र एनटिसीको ९ गरी २० थान सिमकार्ड र १८ हजार ६०० रुपियाँ नगद पनि बरामद गरिएको छ।

पक्राउ परेका व्यक्ति गत जेठ १५ गते साँझ तानसेन १२ की नन्दकुमारी खत्रीले लगाएको दुई तोलाको सुनको सिक्री चोरी गरेर भागेको र सो घटनामा संलग्नको खोजी गर्ने क्रममा पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment