Comments Add Comment

Advertisment

SKIP THIS

नवलपरासीमा निर्माणाधिन पुल बाढीले बगायो

३ असार, काठमाडौ । नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को बौदीखोलामा आएको बाढीले ढलानका लागि तयारी अवस्थामा रहेको निर्माणाधीन पुल बगाएको छ ।

बौदीकाली गाउँपालिकाको–१ र २ जोड्नका लागि शेरामा निर्माणाधीन अवस्थामा रहेको पुलको स्ल्याब र बिम बगाएको गाउँपालिका कार्यालयले जनाएको छ ।

बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार शेरामा निर्माण हुँदै गरेको पुलको फलामे संरचनालाई बाढीले बगाएको हो ।

सुवेदीका अनुसार तीन करोड ५० लाखको लागतमा निर्माण भएको पुलको काम अन्तिम चरणमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै