Comments Add Comment

Advertisment

SKIP THIS

प्रिती आलेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक

५ साउन , काठमाडौँ । नेपाली नारीहरूको महान चाड हरितालिका तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरू सार्वजनिक हुने क्रम बढेको छ ।

यस्तैमा लोक दोहोरीमा फरक पहिचान बनाउन सफल गायिका प्रिती आले र गायक टेक अधिकारीको स्वर रहेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक भएको छ । टेक अधिकारी र रेशम प्रधान शब्द रहेको गीतमा रेशम प्रधानको संगीत छ ।

गीतको भिडियोमा अनु पराजुली र लोमश शर्माको अभिनय छ । बिक्रम चौहानले निर्देशन गरेको भिडियो सुजन श्रेष्ठले खिचेका हुन् । भिडियोमा युवराज खत्रीको सम्पादन छ ।

https://youtu.be/LKHSMtrlkuw

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै