Comments Add Comment

Advertisment

SKIP THIS

मुख्यमन्त्री खगराजले भने– प्रदेशको औचित्य सावित गर्न कोसिस गर्छु

२५ पुष , काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएपछि एमाले नेता खगराज अधिकारीले प्रदेशको औचित्य सावित गर्न प्रयास गर्ने बताएका छन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्री नियुक्त गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै अधिकारीले उक्त कुरा बताएका हुन्।

‘समृद्ध गण्डकी बनाउने कोसिसमा स्थानीय र संघीय सरकारमा समन्वय, सहकार्य गर्दै प्रदेशको औचित्य सावित गर्न कोसिस गर्छु,’ उनले भने।

मुख्यमन्त्री अधिकारीले प्रदेशको मन्त्रालय संख्या घटाउने विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताए।

मन्त्रालय घटाउने विषयमा सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘तपाईंहरूको यो जनादेशलाई गम्भीरतापूर्वक हेर्नेछु।’

अधिकारीलाई एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरूङ ‘दीपक मनाङे’को समर्थन छ।

गण्डकी प्रदेशमा ६० जना सांसद रहेकोमा सबभन्दा ठूलो दल नेपाली कांग्रेसको २७ जना सांसद छन्।

प्रदेशमा बहुमत पुर्‍याउन कम्तीमा ३१ सदस्य चाहिन्छ। कांग्रेस बाहेकका दल र सांसद मिलाएर अधिकारी मुख्यमन्त्री चुनिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै