Comments Add Comment

Advertisment

SKIP THIS

घुससहित राजस्वमा कार्यरत कम्युटर अधिकृत पक्राउ

२३ साउन , काठमाडौं । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्युटर अधिकृतलाई अख्तियारले घुससहित पक्राउ गरेको छ ।

साउन १८ मा कार्यालयबाट ३० हजार घुस रकमसहित ललितपुर महानगरपालिका–१७ सुन्धारा घर भएकी ५१ वर्षीया बिन्दु श्रेष्ठ प्रधानलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

कम्युटर बिलिङको सफ्टवेयर स्वीकृति गराउन जाँदा सेवाग्राहीलाई हैरानी दिएर उनले घुस मागेकी थिइन् । सो सूचनाको आधारमा आयोगबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै