काठमाडौँ: लागुऔषध सम्बन्धी बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उ.म.न.पा. वडा नं. ०१ झोलुङ्गे पुल नजिकै रहेको चिया पसलभित्र प्लास्टिकमा स-सानो पुरिया बनाई प्याकिङ गरी लिएर हिड्न लागेको गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए ।

पक्राउ पर्नेहरूमा मकवानपुर मकवानपुरगढी गा.पा. वडा नं. ०४ सामरी बस्ने वर्ष ३९ को सुबि गुरुङ, नवलपरासी पश्चिम सुस्ता गा.पा. वडा नं. ०३ घर भई हाल जिल्ला मकवानपुर मकवानपुरगढी वडा नं. ०५ स्थित‌बस्ने वर्ष ३४ को सुरज कुमार पाण्डे र मकवानपुर हेटौडा चौकीटोल बस्ने वर्ष ३४ को नबराज भट्टलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

निजहरु उपर रितपुर्वक खानतलासी गर्दा निजहरुको साथबाट ४ ग्राम २३० मिलि ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको हुदाँ उक्त लागूऔषध सहित उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप अनुसन्धान कार्य भईरहेको एसपी विश्व खड्काले बताएका छन् ।