
७ जेठ,काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौँमा १ हजार ७५२ जना, भक्तपुरमा २९५ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकामा ३ हजार २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


