Comments Add Comment

Advertisment

SKIP THIS

बालीनाली बाँदर र दुम्सीले नष्ट गरेपछि कृषक चिन्तित

०८ फागुन , काठमाडौं । हिउँदे बालीनाली बाँदर र दुम्सीले सखाप पारेपछि जिल्लाका कृषक चिन्तित बनेका छन् । हिउँदे बालीका रूपमा लगाएका आलु, गहुँ, जौँ, फापरलगायत फलफूलसमेत नष्ट गरेपछि उनीहरु समस्यामा परेका हुन् ।

अहिले जिल्लाभर बाँदर र दुम्सीको आतङ्क छ । कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन जाग्राम बस्ने गरेका छन् । दुम्सीबाट जोगाउन चारैतिर बारबेर गरेका किसानले बाँदरबाट भने जोगाउन सकेका छैनन् । यसैगरी बाँदर आतङ्कले किसान हैरानीमा छन् । दिउँसो आउने बाँदर धपाउन गाउँले समूह बनाएर खटिने गरेको भए पनि रातमा आउने दुम्सीको ओखती नभएको गुनासो गरेका छन् ।

‘दिनभर सबै मिलेर बाँदर धपाउँछौँ’, फलेबास–३ का तुलसी सापकोटाले भने, ‘रातिमा दुम्सी कताबाट आउँछ कताबाट । आगो बालेर रातभर बस्दा आउँदैन, रातिमा सधैँ बस्न पनि सकिँदैन ।’

बाँदर, दुम्सीलगायत जङ्गली जनावरले दुःख दिन थालेपछि किसान थप समस्यामा परेको बताउँछन् । कुश्मा–१० पिपलटारीका रामबहादुर क्षेत्रीले २५ केजी आलुका बोट बाँदर र दुम्सीले सत्यनास पारेको बताए । ‘बेसाएर दुःख गरेर लगाएको खेती स्याहार्ने बेलामा शत्रु लाग्छ’, उनले भने, ‘यस्तो भएपछि खेती लगाउने जाँगर कसरी आओस् ।’

आलुको पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका बनौ, शालिजा, लेखफाँट, क्याङ, भुकताङ्ले, बाँसखर्कलगायत गाउँका आलुमा पनि बाँदर र दुम्सीको मुख्य समस्या रहेको किसानले बताएका छन् । ‘अहिले आलुमात्रै नभएर सुन्तला पनि खान थालेको छ’, बाँसखर्कका जगत्बहादुर खत्रीले भने, ‘पहिला मान्छे देखेर भाग्ने बाँदर अहिले उल्टै जिस्क्याउँछ ।’ उच्च पहाडी भेगमा पर्ने ती गाउँमा मुख्यबाली आलु हो । मुख्य बाली नै जङ्गली जनावरले सखाप पार्न थालेपछि कृषक पिरलोमा परेका हुन् ।

कुश्मा र फलेवास नगरपालिकाका अन्य वडामा पनि बाँदर र दुम्सीको आतङ्कले लगाएको आलु स्याहार्न नपाएको किसानको गुनासो छ । गत वर्ष आलुखेतीबाट रु १० करोड भित्र्याएका महाशिला–२ भोक्सिङका किसानले यसपालि बाँदर आतङ्ककै कारण भित्र्याउन नपाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै