Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल-चीन सीमा क्षेत्र गुम्बामा बीओपी स्थापना

२६ चैत , काठमाडौं । नेपाल र चीनबीचको सीमा क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित गुम्बा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ ।

सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरी पैठारी तथा निकासी नियन्त्रण, सीमामा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गणले बीओपी स्थापना गरेको हो ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले बीओपीको उद्घाटन गरेका थिए । सदरमुकाम चौताराबाट ११४ किलोमिटर टाढाको दूरीमा बीओपी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै