२९ मंसिर काठमाडौ । मोरङको बिराटनगरबाट मोटरसाईकल चोरीमा संलग्न एक जना पक्राउ परेका छन् ।
बिराटनगर महानगरपालिका(१७ मटेरुवाबाट मोटरसाईकल चोरीमा सुनसरी रामधुनी नगरपालिका-३ घर भई बिराटनगर महानगरपालिका-११ मा डेरा गरी बस्ने २८ बर्षिय उमेश दाहाल पक्राउ परेका हुन् ।
मंसिर २६ गते राती साढे ८ बजे बिराटनगर स्थित कोशी अस्पतालको परिसरमा पर्किङ गरी राखेको को. २५ प ५०२४ नम्बरको बुलेट मोटरसाईकल चोरी भई खोजतलास गर्ने क्रममा प्रहरी चौकी मटेरूवाबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनी तर्फ लादै गरेको अबस्थामा मोटरसाईकल सहित दाहाललाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दहाललाई मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।








