Comments Add Comment

Advertisment

SKIP THIS

लागूऔषध नियन्त्रण ब्यूरोले ८ करोडको कोकिनसहित तीन विदेश महिलालाई पक्राउ

काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले कोकिनसहित तीन विदेश महिलालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागूऔषध कोकिनसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २ जना युगान्डाका र एक जना भारतीय महिला छन्।

ब्यूरोले वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी नागरिक ४४ वर्षीया केभिना मुगाला सिनामंगलबाट पक्राउ गरेको थियो ।

उनले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार पद्दतीबाट निकालिएको थियो ।

पेटभित्रबाट निकालिएका क्याप्सुलको तौल १ किलो २६० ग्राम रहेको ब्यूरोले जनाएको छ । त्यस्तै युगाडाकै लिलियान सुसन वानयाङजी जेठ २ मा धोबीचौरबाट पक्राउ परेकी थिइन् ।

उनको साथबाट १ किलो ३९४ ग्राम कोकिन फेला परेको छ । भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पल जेठ २ गते धोबिचौरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनी १ किलो ३९४ ग्राम कोकिन किन्नको लागि धोबिचौर पुगेकी थिइन् ।

उनीहरूले कसरी कोकिन नेपाल भित्र्याएको बारे ब्यूरोको टोलीले थप अनुसन्धान गरी राखेको छ । उनीहरुको साथबाट बरामद भएको कोकिनको बजार मूल्य ७ करोड ९६ लाख २० हजार बराबर रहेको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका तीनैजना अन्तर्राष्ट्रिय गिरोहमा आवद्ध रहेको ब्यूरोले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै