
१३ मंसिर ,काठमाडौ । तातोपानी हुँदै चीनबाट सामान ल्याउने ट्रान्सपोर्ट कम्पनीबीच विवाद हुँदा आयात प्रभावित भएको छ ।

काटेलिङग गरेर एकै कम्पनीले समान ल्याउने गरेकोमा नयाँ दुई ट्रान्सपोर्ट कम्पनी थपिदा समन्वयको अभावमा विवाद चुलिएको हो ।

ट्रान्सपोर्ट कम्पनले कसरी सामान आयात गर्ने भन्ने विषयमा विवाद हुँदा ढुवालीमा समस्या परेको हो । पुरानो सामान सप्लाई गर्दे आएको र नयाँ ट्रान्सपोर्ट गर्ने कम्पनी बिच विवाद हुँदा ढुवानीमा समस्या आएको हो ।
लागि चाइनाबाट जति माग आउँछ, त्यतिमात्रै कन्टेनर पठाउ भन्ने र सिल्क ट्रान्सपोर्टले क्युमा गाडी राखेर सामान आयात गर्ने भनेपछि टान्सपोर्ट कम्पनीबीच विवाद देखिएको हो । विवाद सुल्झाउन तीनवटै ट्रान्सपोर्टका प्रतिनिधिहरु र तातोपानी भन्सार कार्यालयका अधिकारीहरुसहितको टोलीले पटक पटक वार्ता र छलफल गरेपनि समाधान हुन सकेको छैन् ।
केही वर्षदेखि सिल्क ट्रान्सपोर्टले मात्रै एकलौटी सामान आयात गरेको यो नाकामा केही महिनादेखि अन्य दुई कम्पनी थपिएका छन् । तातोपानी नाकामा सिल्क ट्रान्सपोर्ट, नमस्ते ग्लोबल लजिष्टिक र रिवान्जे ट्रान्सपोर्टले चाइनाबाट सामान ल्याउने गर्दछन् । नमस्ते ट्रान्सपोटले सामान आयातका लागि चाइनाबाट जति माग आउँछ, त्यतिमात्रै कन्टेनर पठाउ भन्ने र सिल्क ट्रान्सपोर्टले क्युमा गाडी राखेर सामान आयात गर्ने भनेपछि टान्सपोर्ट कम्पनीबीच विवाद देखिएको हो । सामान बोक्नका लागि सिल्क ट्रान्सपोर्टको ५२ वटा, नमस्ते ग्लोबल लजिष्टिकको ३२ वटा र रिवान्जे ट्रान्सपोर्टको १२ वटा कन्टेनर छन् । ट्रान्सपोर्ट कम्पनीबीच हुने विवादले आयात प्रभावित भएको तातोपानी भन्सारका प्रमुख नारद गौतमले बताए ।
चिनियाँ भन्सारमा जसको पहिला जाँचपास हुन्छ, त्यही कन्टेनर मितेरी पुल आउँछ । त्यही पालोमा नेपालमा सामान ढुवानी गर्ने व्यवस्था मिलाउने गरेको उनले बताए । विवादका कारण खासा क्षेत्रमा एक सातादेखि दुई सय गाडी लाइनमा छन् । अधिकांशले स्याउ बोकेका छन् । पालो कुरेर बस्दा विलम्ब शुल्क बढी तिर्नुपर्ने भएकाले ट्रान्सपोर्ट कम्पनीबीच पहिला जाँचपास गर्ने विषयमा विवाद हुँदै आएको छ । तिब्बतको जाङ्मुपोर्टमा आइपुगेका सामान चिनियाँ भन्सार जाँचपासपछि नेपालका लागि निर्यात हुदै आएका छन् ।



