Comments Add Comment

Advertisment

SKIP THIS

सस्तो मूल्यमा विद्युतीय चुलो बिक्री गर्दै सरकार

२८ साउन काठमाडौ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन प्रकारका विद्युतीय ९इन्डक्सन० चुलो बिक्री गरिरहेको छ ।

कम्पनीको बागमती प्रादेशिक कार्यालय थापाथलीबाट तीन हजार रुपियाँदेखि चार हजार पाँच सय रुपियाँ मूल्यसम्मका इन्डक्सन चुलो बिक्री भइरहेको छ । कम्पनीका बिक्री तथा बजार प्रवर्द्धन विभाग प्रमुख भीम थापाले बजेटमार्फत ग्यास खपत कम गर्न विद्युतीय चुुलो प्रयोगलाई बढाउने नीतिअनुरूप विद्युतीय चुलो बिक्री गरिरहेको जानकारी दिए ।

कम्पनीले बिक्री गरिरहेको विद्युतीय चुलो बजार मूल्यभन्दा तीन सय रुपियाँसम्म सस्तो रहेको उनले बताए ।

कम्पनीले इन्डक्सन चुलो अल्ट्राटेक यूटीआई २० को प्रतिथान मूल्य तीन हजार रुपियाँ तोकेको छ ।

यस्तै मिडिया ब्रान्डको इन्डक्सन चुलोको मूल्य चार हजार र इन्डक्सन चुलो अल्ट्राटेक यूटीआई २२ को मूल्य चार हजार पाँच सय रुपियाँ तोकिएको कम्पनीले जनाएको छ ।

मिडिया ब्रान्डको इन्डक्सनमा दुई वर्षको वारेन्टी रहेको र यो बजार मूल्यभन्दा सस्तो रहेको पनि कम्पनीको दाबी छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले प्रमाणित गरेको उच्च गुणस्तरको चुलो बजार मूल्यभन्दा सस्तोमा बिक्री गरिरहेको कम्पनीको दाबी छ ।

सस्तो दरमा उपलब्ध गराएपछि अहिले विद्युतीय चुलोको दैनिक बिक्री पनि बढिरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले दैनिक २५ वटासम्म चुलो बिक्री भइरहेको छ ।

बजारमा खाना पकाउने ग्यासको मूल्य बढेपछि उपभोक्तालाई राहत दिने उद्देश्यले विद्युतीय चुलो पुनः सस्तोमा बिक्री गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि चीन सरकारको अनुदानमा प्राप्त चुलो कोरोना महामारीको समयमा बिक्री गरेको थियो ।

चालू आवको बजेटमा खाना पकाउने इन्धनका रूपमा प्रयोग हुने दाउरा गुइँठा र एलपी ग्यासलाई प्रतिस्थापन गर्न बायोग्यास, विद्युतीय चुुलो, सुधारिएको चुलो तथा अन्य उपयुक्त आधुनिक एवं किफायती प्रविधिको व्यापक रूपमा प्रवर्द्धन गरी एक लाख घरधुरीमा खाना पकाउने स्वच्छ ऊर्जाको पहुँच विस्तार गरिने उल्लेख छ ।

ग्यासमा प्रदान हुँदै आएको अनुदान क्रमशः कटौती गरी विद्युत् उपयोगमा अनुदान प्रदान गर्ने बजेटमा उल्लेख छ । ग्यासभन्दा सस्तो पर्ने हुँदा पछिल्लो समय विद्युतीय चुलोको प्रयोग पनि बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै