
१४ मंसिर , काठमाडौ । एमाले अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदै निर्वाचित भए । यस्तै, भीम रावलले २२३ मत ल्याए ।

कूल २ हजार ९४ मत खसेको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्ष र सचिवमा बन्दसत्रमा ओलीले प्रस्ताव गरेका सबै निर्वाचित भए ।

उपाध्यक्षमा विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत ल्याउँदै विजयी भए ।
सचिवमा गोकर्ण विष्टले सर्वाधिक १९७६, योगेश भट्टराईले १९६४, पद्मा अर्यालले १८००, छबिलाल विश्वकर्माले १८००, लेखराज भट्टले १७०४, टोपबहादुर रायामाझीले १७००, रघुवीर महासेठले १५१३ मत ल्याएर निर्वाचित भए ।






