Comments Add Comment

Advertisment

SKIP THIS

बाख्रा चराउँदै गरेकी किशोरीलाई जबरजस्ती गर्ने युवक पक्राउ

७ पुष काठमाडौ । बाख्रा चराउन गएकी किशोरीलाई फकाएर जबरजस्ती गर्ने युवक पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिरहुत गाउँपालिका–५ बुदेवा टोल बस्ने २० वर्षीय मो. अफजललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कंचनरुप नगरपालिका–११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी ती किशोरीलाई अफजलले ललाई फकाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै