Comments Add Comment

Advertisment

SKIP THIS

जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय युवक पक्राउ

२१ वैशाख, काठमाडौ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-४ इमाडोल शिलतहाइट बस्ने उदयपुर त्रियुगा नगरपालिका-४ त्रिबोच घर भएका २३ वर्षीय टंक बहादुर बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती महिलालाई उनकै कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment