Comments Add Comment

Advertisment

SKIP THIS

समाजवादी प्रेस संगठन पर्साको भेला पुस १२ गते हुने

८ पुष , काठमाडौ । नेकपा एकीकृत समाजवादी पर्साको प्रचार विभागको बैठक सम्पन्न भएको छ । वीरगंजको राधेमाईस्थित पार्टी कार्यालयमा बसेको बैठकले समाजवादी प्रेस संगठन नेपाल पर्साको जिल्ला भेला पुस १२ गते सोमबारका दिन गर्ने निर्णय गरेको छ ।

पार्टी प्रचार विभाग प्रमुख एवं समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य राघव साहको अध्यक्षतामा सम्पन्न बैठकले एकीकृत समाजवादी निकटका समाजवादी प्रेस संगठन नेपालमा आवद्ध हुने इच्छुक पर्सेली क्रियाशिल संचारकर्मीहरुले जिल्ला भेला अघावै सदस्यता लिन आव्हान गरेको छ ।

बैठकमा वोल्दै एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापाले समाजवादको बारेमा ब्याख्या गर्दै संगठनलाई चुस्त, दुरुस्त बनाएर लग्नु पर्ने सुझाए । उनले संगठनमा क्रियाशिल संचारकर्मीलाई प्राथमिकता दिई संगठन निर्माण गर्नु पर्नेमा जोड दिएका थिए ।

सम्पन्न बैठकमा एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, प्रेस संगठनका केन्द्रिय सदस्यद्वय बृजलाल पासवान, रेबिन्द्र कार्की, समाजवादी प्रेस संगठनका नेता मनोज पटेल, सरोज खड्का लगायतको उपस्थिती रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment