
९ पुष , काठमाडौ । झण्डै दुई बर्षपछि खुलेको नेपाली ईपिएस श्रमीकहरु दक्षिण कोरिया पठाउने प्रक्रिया अन्तर्गत चौथो चरणमा पौष ७ गते कोरिया उडेका १३८ जना श्रमीकहरुको पहिलो चरणको कोरोना परिक्षण गर्दा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
चौथो चरणमा कोरिया उडेका ४९ जना कमिटेड र ८९ जना रेगुलर गरी १३८ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भएको हो ।
पौष ७ गते बेलुका ७स्३० बजे कोरियन एयरलाइन्सको प्भ् टढट नम्बरको उडान मार्फत १३८ जना नेपाली ईपिएस कामदारहरु कोरिया प्रस्थान गरेका थिए ।
यसले आगामी दिनमा कोरिया उड्न बाकि रहेका हजारौं नेपाली युवाहरुको लागि कोरियाको यात्रालाई अझै थप सहज बनाउने आकलन गरिएको छ ।
कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पर्खाइमा रहेको बैदेशीक रोजगार बिभाग अन्तर्गतको ईपिएस कोरिया शाखाले जनाएको छ। दक्षिण कोरियालाई नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा लिइन्छ ।








