प्रहरी बरिष्ठ नायब निरीक्षक जे जंग कार्की पुस महिनाको सर्वोत्कृष्ट प्रदेश ट्राफिक प्रहरी घोषित -
Comments Add Comment

प्रहरी बरिष्ठ नायब निरीक्षक जे जंग कार्की पुस महिनाको सर्वोत्कृष्ट प्रदेश ट्राफिक प्रहरी घोषित

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी बरिष्ठ नायब निरीक्षक जे जंग कार्की पुस महिनाको सर्वोत्कृष्ट प्रदेश ट्राफिक प्रहरी घोषित भएका छन् ।

ट्राफिक प्रहरी बरिष्ठ नायब निरीक्षक जे जंग कार्कीले विभागिय मुल्य,मान्यता ,आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरि सिन्धुली जिल्लाभर ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष ट्राफिक प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी रवि कुमार पौडेलले सर्वोत्कृष्ट प्रदेश ट्राफिक प्रहरीको पुरस्कार दिएका हुन् ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनले प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै बागमती प्रदेश भरीका ट्राफिक प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रदेश ट्राफिक प्रहरी छनौट गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै