Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी केन्द्रको महाधिवेशन शुरू हुँदै, अध्यक्ष दाहालसहितका नेता कमलादीमा

११ पुष काठमाडौ । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन अहिले काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन समारोह चल्दैछ ।

महाधिवेशनमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू कमलादी पुगिसकेका छन् । कार्यक्रममा ११ पार्टीका नेताहरुलाई डाकिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका छैनन् । उनी झापामा छन् ।

महाधिवेशनले केन्द्रीय कार्यसमिति दुई सय ९९ सदस्य चुन्नेछ । सोही कार्यसमितिले पदाधिकारी चुन्ने जनाइएको छ । माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहनेछ ।

यसअघि माओवादी केन्द्रमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव रहने व्यवस्था थियो । माओवादीले एमालेकै विधानअनुसार पार्टीको विधान संशोधन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै