१६ पुष काठमाडौ । सन् २०२१ बलिउड फिल्मका लागि अविश्वसनीय रुपले चुनौतीपूर्ण रह्यो । कोरोना महामारीका कारण लामो समयको प्रतिक्षापछि थिएटर खुले र सलमान खान, अक्षय कुमार, रणवीर सिंह र आयुष्मान खुराना जस्ता कलाकारको फिल्म रिलिज भए ।
केही फिल्म सफल र केही असफल भए । तर सन् २०२१ को लेखाजोखा गर्ने हो भने यो वर्ष अभिनेत्रीका लागि विशेष रह्यो । जहाँ एक–दुई मात्र नभई कैयौं अभिनेत्रीले आफ्नो दमदार अभिनयको छाप छोडे ।
यो वर्ष हुमा कुरैशी र विद्या बालनदेखि लिएर ओटीटीमा डेब्यू गरेकी दक्षिण भारतीय सुपरस्टार समन्था, रवीना टण्डन र लारा दत्ताले ओटीटीमा आफ्नो अभिनयको छाप छोडे ।
कोरोना संक्रमणको मामला कम हुनासाथ थिएटर पुनः खुले, तर यसको पर्खाइ बिना नै महिला प्रधान फिल्म निर्मातहरुले ओटीटीमा बेचिदिए । यी सबै फिल्मबाट अभिनेत्रीहरुले राम्रो चर्चा पाए । ओटीटीबाट रिलिज हुने फिल्ममा पहिलो सुरुवात ‘मिमी’बाट भयो ।
फिल्म समीक्षकका अनुसार फिल्ममा अभिनेत्री कृति सेननले आफ्नो करियरकै प्रभावशाली अभिनय गरेकी थिइन् । यसमा उनी ‘परम सुन्दरी’ गीतको लोकप्रियतादेखि लिएर सरोगेट आमाको भूमिकामा देखिएकी थिइन् । फिल्मको सबै जिम्मेवारी आफ्नो हातमा लिँदै कृतिले सरोगेसी जस्तो महत्वपूर्ण संवेदनशिल विषयलाई निकै उत्कृष्ट ढंगले निर्वाह गरेकी थिइन् ।
‘अजीब दास्ता’ वेब शोका साथ अभिनेत्री नुसरत भरुचाका लागि यो वर्ष निकै राम्रो रह्यो । यो फिल्मबाट उनले ‘बुसान इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘एशियन कन्टेन्ट अवार्ड’मा ‘सर्वश्रेष्ठ अभिनेत्री’को सूचीमा मनोनित हुने अवसर पाइन् ।
यो फिल्म उनको करियरमा एक टर्निङ पोइन्ट साबित भयो किनकी उनले आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर पाइला राखिन् र फिल्मलाई एक महत्वपूर्ण सन्देशका साथ अगाडि बढाइन् ।
उनले अभिनय गरेको फिल्म ‘छोरी’ले कन्या भ्रुण हत्याविरुद्ध आवाज उठाएको थियो । यो फिल्म नुसरत प्रति दर्शकको बुझाईलाई परिवर्तन गर्न सफल रह्यो ।अभिनेत्री विद्या वालनको फिल्म ‘शकुन्तला देवी’लाई ओटीटीमा दर्शकले मनपराए ।
यसै वर्ष अमेजन प्राइममा विद्याको फिल्म ‘शेरनी’को लोकप्रियता उत्तिकै रह्यो । यो फिल्म जंगली जनावरको संरक्षण गर्नुपर्ने विषयमा आधारित थियो ।



